राजदूतहरुलाई पर्यटनमन्त्रीको सल्लाह : मुलुक बनाउन परिचालित हुनुहोस्

राजदूतहरुलाई पर्यटनमन्त्रीको सल्लाह : मुलुक बनाउन परिचालित हुनुहोस्

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्धन गर्न राजदूतहरुले विशेष भूमिका खेल्नुपर्ने बताउनुभएको छ । उहाँले हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका लागि राजदूतहरुसँग आज आयोजित कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।

नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले भन्नुभयो, ‘विदेशस्थित सबै नियोग परिचालित हुनुपर्यो । राजदूतावास,स्थायी नियोग,महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासहरुले पर्यटक आकर्षित कार्यक्रम ल्याउनुपर्यो ।’

एक फरक प्रसंगमा मन्त्री श्रेष्ठले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन आग्रह गरिएको जानकारी गराउनुभयो । उहाँले आफ्नो कार्यकालमा नयाँ हवाई प्रवेश बिन्दु खुला हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

टिप्पणीहरू