सुतेकी मिना छतबाट खसेर बितिन्
बर्दियामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । आज गुलरिया नगरपालिका-९ गोडियनपुर बस्ने ४० वर्षीया मिना गोडियाको छतबाट खसेर निधन भएको हो ।
उनी सुतेको अवस्थामा आफ्नै एक तले घरको छतबाट खसेर गम्भिर घाइने भएकी उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
उनलाई बर्दिया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
टिप्पणीहरू