भोलि गण्डकीमा सार्वजनिक बिदा
गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदा दिने भएको छ । भानु जयन्तीको अवसरमा भोलि प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।
आन्तरिक मामिला मन्त्रालयको चैत १८ गतेको मन्त्रिपरिषद् बैठकले भानु जयन्तीको अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।
सोहीअनुसार भोलि बिदा दिन लागिएको हो । निर्णयअनुसार भोलि सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहनेछन् ।
यस्तै, कोजाग्रत पूर्णिमाको अवसरमा २०७९ सालको असोज २३ गते, गण्डकी प्रदेश सरकारको स्थापना दिवस फागुन ४ गते र चैते दशै चैत १५ गते सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत चैत्र १८ गते निर्णय गरेको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू