हतियारको निर्णय गर्ने सरकार,मुख खोल्ने प्रहरी

हतियारको निर्णय गर्ने सरकार,मुख खोल्ने प्रहरी

नेपाल प्रहरीले हातहतियार कम भएर खरिद गर्न लागिएको स्पष्टिकरण दिएको छ । लामो समयदेखि हातहतियार अपर्याप्त भएर समस्या झेल्नुपरेकाले खरिद गर्न लागिएको उसको दाबी छ ।

हतियार खरिदसम्बन्धी विषय सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्ना भनाइ सार्वजनिक गरेको हो । प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको विज्ञप्तिमा हालै प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

सरकारले हातहतियार किन्न विनियोजन गरेकै रकमबाट प्रचलित कानूनअनुसार आवश्यक हातहतियार खरिद गर्ने प्रक्रिया थालिएको विज्ञप्तिमा उल्लेख छ । ‘सात वर्षभन्दा लामो समयदेखि प्रहरीलाई अत्यावश्यक रहेको हातहतियार खरिद नभएको वास्तविकता जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

उसले पारदर्शी ढंगबाट खरिद प्रक्रिया अवलम्बन गर्ने बताएको छ । तर, मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको अवस्थामा करोडौं डलर खर्चेर किन्न खोजिएको उक्त हतियारको सर्वत्र विरोध भएको हो ।

टिप्पणीहरू