प्रचण्डलाई धन्यवाद दिन एनआरएनएका नेताहरु खुमलटारमा

प्रचण्डलाई धन्यवाद दिन एनआरएनएका नेताहरु खुमलटारमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ ।

प्रचण्डलाई भेट्न एनआरएनएका नेताहरु आज बिहान खुमलटार पुगेका हुन् । सरकारले प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गर्न उनीहरु खुमलटार पुगेको बताइएको छ ।

त्यस अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिएका थिए ।

विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्न उनीहरुले अध्यक्ष प्रचण्डसँग आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने विश्वास दिलाउनुभएको बताइन्छ ।

टिप्पणीहरू