एभरेष्ट होटलमा भेटघाट शुरु, दुवै पक्षका गरि डेढ दर्जन उपस्थित
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख नेतृत्वको टोलीले नेकपा एकीकृत समाजवादीका नेतारुसँग भेटघाट थालेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटलमा आयोजित भेटघाट र कुराकानीमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख लिउ जियान्चाओलगायत हुनुहुन्छ ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टी प्रवक्ता जगन्नाथ खतिवडा, कार्यालय सचिव गंगालाल तुलाधर, राष्ट्रिय सभा सदस्य जयन्ती राईलगायत एक दर्जन नेता हुनुहुन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट टोली प्रमुख लिउसहित सात सदस्य हुनुहुन्छ । यसअघि चिनियाँ पाहुना टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म बालकोटमा भेटवार्ता गरेको हो । चिनियाँ पाहुना र एमाले नेताहरुको निम्ति बालकोटमै लञ्चको व्यवस्था गरिएको थियो ।
टिप्पणीहरू