संसदमा गभर्नर प्रकरण : माओवादी सांसदले राजीनामा मागे, गगन भन्छन्, ‘मिस्टर एम अधिकारी क्षमा चाहन्छु !’

संसदमा गभर्नर प्रकरण : माओवादी सांसदले राजीनामा मागे, गगन भन्छन्, ‘मिस्टर एम अधिकारी क्षमा चाहन्छु !’

नेकपा एमालेको आर्थिक विभागमा सदस्य बसेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कारवाहीको माग उठेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरुले एमालेको विभागीय जिम्मेवारीमा रहेको अधिकारीलाई छानबिनसहित कारवाहीको माग गरेका हुन् ।

माओवादी केन्द्रकी सांसद अञ्जना विसंखे र अमृता थापा मगरले अधिकारी गभर्नर हो कि एमालेको नेता ? भन्दै प्रष्ट पार्न र छानबिन गर्न माग गरे । एमालेले सार्वजनिक गरेको अन्तर पार्टी निर्देशिकामा एमालेको आर्थिक विभागमा एम. अधिकारीको नाममा गभर्नरको नाम उल्लेख भएको भनी आजका सञ्चारमाध्यममा आएको समाचारले सबैको ध्यान खिचेको उनीहरुको भनाइ छ ।

नेपाली काँग्रेसका सांसद गगन थापाले अर्थतन्त्रको सवाल उठाउँदै घुमाउरो शैलीमा आफूले एमालेको एम. अधिकारीलाई नभई गभर्नर महाप्रसाद अधिकारीसँग अनुरोध गरेको बताएका थिए ।

‘मैले गरेको यो सबै, सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम. अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु’, उनले भने ।

टिप्पणीहरू