भागेका राष्ट्रपतिले प्रधानमन्त्रीलाई सरकार बुझाएपछि झन तनाव

भागेका राष्ट्रपतिले प्रधानमन्त्रीलाई सरकार बुझाएपछि झन तनाव

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको छ । राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेपछि संसद्का सभामुखले उनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ३७,उपधारा १ अन्तर्गत देशबाट पलायन भएका राष्ट्रपति राजापाक्षेको आदेशबमोजिम प्रधानमन्त्रीलाई उक्त जिम्मेवारी दिइएको बताइएको छ ।

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीसँगै प्रधानमन्त्रीले संकटकाल घोषणा गरिसकेका छन् । श्रीलंकाको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।

उक्त घोषणापछि श्रीलंकामा जनअसन्तोष थप चर्किने सम्भावना बढेको छ । सर्वदलीय सरकार गठनको निम्ति मार्ग प्रशस्त गर्न आफू राजीनामा दिन तयार रहेको बताएका प्रधानमन्त्रीलाई थप जिम्मेवारी दिइएकोमा हिंसा र आन्दोलन भड्किन सक्ने आशंका गरिएको हो ।

टिप्पणीहरू