धोवीखोला किनारमा चिनियाँ पाहुना र माओवादी जमघट
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्छाओ नेतृत्वको टोली माओवादीको पछिल्लो पुस्ताका नेतासँग भेटघाट गर्न पार्टीको काठमाडौं जिल्ला समन्वय समितिको सम्पर्क कार्यालय पुगेको छ ।
नेवारी पोशाक लगाएका तीन जना बालिकाले स्वागत गरेपछि अहिले चिनियाँ पाहुनासँग माओवादी नेताहरु भेटवार्तामा जुटेका छन् । भेटमा माओवादी केन्द्रको तर्फबाट काठमाडौं जिल्ला समन्वय समिति इञ्चार्ज उमेश स्थापित,पूर्व सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की ‘राम’, केन्द्रीय सदस्य तथस भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माका भाइ अनिल शर्मा र महानगर कमिटी अध्यक्ष वसन्तकुमार श्रेष्ठ सहभागी छन् ।
माओवादीको उक्त कार्यालय बिजुलीबजारस्थित धोबीखोला करिडोरमा छ ।
टिप्पणीहरू