श्रीलंकाली संसद् नजिकै सैनिक ट्याङ तैनाथ, सरकारी कार्यालय बन्द
श्रीलंकाको राजधानी कोलम्बोमा सेनाले संसद् भवन नजिकै ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसदमा प्रवेश गर्न नदिन ट्याङ्क तैनाथ गरिएको बताइएको छ ।
यसअघि उग्र प्रदर्शनकारीहरू गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास प्रवेश गरेर गरेर कब्जामा लिएका थिए ।
अहिले राष्ट्रपति गोटाबाय राजपाक्षे भागेर सिंगापुर पुगेका छन् । राजधानी कोलम्बोसहित मुलुकभर सुरक्षा कडा बनाइएको छ । सरकारले अर्को सूचना जारी नभएसम्मको लागि सबै सरकारी कार्यालय बन्द गरिदिएको छ ।
टिप्पणीहरू