अष्ट्रेलिया पठाउने नाममा बाबाको ठगी

अष्ट्रेलिया पठाउने नाममा बाबाको ठगी

नेपाली विद्यार्थीहरुलाई पढ्न विदेश पठाउँदै आएको बाबा एजुकेशन कन्सलटेन्सीमाथि लाखौँ रकम ठगेको आरोप लागेको छ । चर्चित भारतीय अभिनेता गोविन्दालाई प्रयोग गरेर बाबाले अष्ट्रेलियामा रहेका नेपालीलाई ठगेको त्यहाँस्थित नेपालीहरुले नै बताएका छन् ।

शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेको बाबाले अष्ट्रेलियाको सिड्नीमा फरक प्रयोजनको कार्यक्रम गरेर रकम उठाएको र केही व्यक्तिलाई त्यहाँबाट भगाएको बताइन्छ । गत शुक्रबार गोविन्दालाई अष्ट्रेलियाको सिड्नी पुर्याएर ग्रुप डान्सका नाममा प्रतिव्यक्ति २५ लाख उठाएर कम्तिमा सात जनालाई भगाएको त्यहाँका नेपालीहरुको भनाइ छ ।

बाबा नेपालमा नाम चलेको एजुकेशन कन्सल्टेन्सीका रुपमा चिनिन्छ । थुप्रै चर्चित कलाकारहरु बाबाको ब्राण्ड एम्बेसडर छन् । तिनै एम्बेसडरको आवरणमा विद्यार्थी ठगिएको भुक्तभोगीहरु बताउँछन् ।

टिप्पणीहरू