ईपिएस पीडितहरु ग्वार्कोमा जम्मा, कार्यालय खुलेपछि विरोध
कोरियन भाषा परीक्षा २०१८ मा उतीर्ण भएर पनि कोरिया जान नपाएका ईपिएस पीडित समूहले अहिले १० बजे दबाबमूलक कार्यक्रम गर्ने भएका छन् ।
सन् २०१८ मा उतीर्ण भएकाहरूको रोष्टरमा समय नथपिएको र २०१९ मा उतीर्ण भएकाहरूको समय थप भएकाले भेदभावको शंकामा उनीहरुले विरोध गर्न लागेका हुन् । उनीहरुले आफ्नो म्याद नथपिएको सम्बन्धमा जानकारी पाउन ललितपुरको ग्वार्कोस्थित ईपिएसको कोरिया शाखामा विरोधस्वरुप दबाबमूलक कार्यक्रम गर्न लागेका हुन् ।
उनीहरूले यही विषयमा लामो समयदेखि कोरिया जान नपाएको भन्दै धर्ना, सडक आन्दोलन गर्दै आएका छन् ।
कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको नेपाली कामदार लैजाने प्रक्रिया केही महिना अघिदेखि सुरु भएको छ । दुई वर्षदेखि हुन नसकेको ईपिएस भाषा परीक्षा पनि यो वर्षदेखि पुनः सुचारु भएको छ ।
टिप्पणीहरू