ठेक्काकाे सूचनामै अनियमितता
पर्साको बहुदरमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा भ्रष्टाचारमा तानिएका छन् । उनीसहित तीन जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा सहलेखापाल उपेन्द्रकुमार साह, जनप्रतिबिम्ब दैनिकका प्रकाशक एवं प्रधानसम्पादक संजयकुमार साह छन् । उनीहरुले सडक मर्मतको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
आर्थिक वर्ष २०८०–८१ मा नगरको बैरिया प्रवेशद्धारादेखि नगरदाहाँसम्म सडक मर्मत कालोपत्रे योजना अघि बढाइएको थियो । त्यसका निम्ति बोलपत्र आह्वान र स्वीकृतको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उनीहरुको मिलेमतोमा सूचना ननिकाली सो रकम हिनामिना गरिएको अख्तियारको ठहर छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ६५ हजार रुपैयाँ बिगो कायम गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ।
टिप्पणीहरू