सामाजिक सञ्जाल सहज माध्यम कि जञ्जाल !

सामाजिक सञ्जाल सहज माध्यम कि जञ्जाल !

आधुनिक समाजको विकास हुँदै गर्दा नयाँ– नयाँ मेसिन र नयाँ प्रविधिको उत्पत्ति भयो । पहिला मानिसलाई सन्देश पठाउन होस् या कतै जानुपर्दा समय लाग्ने गथ्र्याे भने आज चिठीका लागि कुर्नु पर्दैन र कतै जान पहिला जति समय पनि लाग्दैन । विज्ञानको आविष्कारले गर्दा अहिले एक सेकेण्डमा सन्देश पठाउन र केही समयमै एक ठाउँबाट अर्को ठाउँ जान मिल्छ ।

त्यही भएर होला यस युगलाई वैज्ञानिक युग भन्छन् । आधुनिकीकरण क्रममा सन १८२२ मा डिजिटल कम्प्युटर प्रचलनमा आयो । मानिसको स्मरण शक्तिभन्दा बढी समयसम्म सम्झिन सक्ने भएकोले यसलाई सरकारी कामकाजमा लगाइयो । समयको चालसँगै व्यापार, शिक्षा, वाणिज्य र साधारणतर्फ कम्प्युटर नभई नहुने साधन बन्यो ।

विश्वभरि नै कम्प्युटरको सहजताको आयाम देख्दा नेपालमा पनि वि.सं. २०२८ मा पहिलो पटक प्रयोगमा आएको हो । त्यसैगरी, फोन गर्न साथै नयाँ प्रविधिका कारण इन्टरनेटजस्तो प्रविधि सुचारु गरियो । आधुनिक समाजमा इन्टरनेट सन १९९० मा आए पनि नेपालमा १९९५ मा बल्ल शुरु भएको हो । सामाजिकीकरण र विश्वव्यापीकरणमा सहजता आओस् भन्ने पवित्र ध्येयका साथ ल्याइएको भए पनि वर्तमान समयमा यो मानसिक यातना दिने र नैतिक पतनसमेत गर्ने माध्यम बनेको छ ।

अहिले मानिसलाई सन्देश पठाउन होस् अथवा केही कुराको जानकारी दिन एउटा पोस्ट मात्र काफी छ । जसको फाइदा हुने गर्छ त्यसको बेफाइदा पनि हुन्छ, यो व्यक्ति आफैँमा निर्भर हुने कुरा पनि हो ।

विश्वव्यापीकरण अझ सहजता र आधुनिकीकरणले गर्दा पनि अहिले मानिस वास्तविक समाजभन्दा बढी प्रविधिबाट सिर्जित सामाजिक सञ्जालमा आबद्ध छन् । सामाजिक सञ्जालभित्र फेसबुक, ट्विटर, इन्स्टाग्राम र युट्युबजस्ता विद्युतीय साधन पर्छन् ।

पछिल्लो समय क्लब हाउस भन्ने सामाजिक सञ्जाल पनि एकदमै चर्चामा आएको थियो भने सामाजिक मूल्य मान्यता र सँस्कृतिलाई आघात पु¥याउने र अश्लीलता प्रदर्शनले गर्दा बन्द भएको छ । साथै, अहिले एकदमै चर्चामा रहेको टिकटक पनि अश्लीलता र सामाजिक मूल्य मान्यताका साथै संस्कृतिमा विकृति र विसंगतिको माध्यम बनेको छ ।

ट्विटरमार्फत अराजकता र विसंगतिलाई बढावा दिएका कारण भारतकी एक अभिनेत्री कङगना रनातलाई ट्विटरबाट निश्कासित गरिएको छ । तथ्यांकबमोजिम प्रत्येक दिन ६०/७० जना भन्दा बढी नेपाली सामाजिक सञ्जालबाट पीडित र शोषित भएको पाइन्छ ।

भारतको धार्मिक द्वन्द्वमा पनि सामाजिक सञ्जालमार्फत गाली बेइज्जती र मार्ने धम्कीसमेत दिएको पाइन्छ भने नेपालको सन्दर्भमा उस्तै सामाजिक सञ्जालबाट धार्मिक, साँस्कृतिक, व्यक्तिगत आस्थामाथि आँच आउनेजस्ता कार्य सामाजिक सञ्जालबाट हुनेगरेको पाइन्छ । त्यति मात्र होइन, यसबाट महिला हिंसासमेत बढेको छ । सामाजिक सञ्जालबाटै भर्चुअल सेक्सुवालिटीलाई माध्यम बनाएर शोषण गरिएको घटनासमेत बेला बेला चर्चाको विषय बने पनि यससम्बन्धमा कुनै ठोस कानुन अहिलेसम्म लागू भएको छैन ।

नेपालको परिवेशमा सामाजिक सञ्जालबाट भएको दुव्र्यवहार र चारित्रिक हिंसाको मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्र हेर्ने गर्छ भने सो अदालतको १ वर्षको मात्र तथ्यांकअनुसार ३९०६ मुद्दा दायर भए पनि आजसम्म कसैको आएको देखिँदैन । सामाजिक सञ्जाल एकदमै बढी प्रयोगमा भएकोले गर्दा कानुनमा प्रकृति र समयअनुसार परिवर्तन हुनुपर्छ ।

– प्रविनकुमार यादव
काठमाडाैँ स्कुल अफ ल बि.ए.एल एल.बि (प्रथम वर्ष)

टिप्पणीहरू