कार्यकर्ता खोज्न छोडेर एमाले सिसिटिभीको पछि दौडियो : सांसद महत

कार्यकर्ता खोज्न छोडेर एमाले सिसिटिभीको पछि दौडियो : सांसद महत

प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारीको खोजी गर्न अनुरोध गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी एमालेले एम. अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरुले नै उनको खोजी गर्नुपर्ने अवस्था आइलागेको पनि बताए ।

‘हाम्रो गाउँघरतिर कुखराको चल्ला हराए पनि खोजी हुन्छ,यहाँ सबैभन्दा ठूलो पार्टीको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी अहिले न सरकार गर्छ,न प्रतिपक्षी गर्छ । मैले अनौठो मानिरहेको छु,’उनले भने ।

“कस्तो विडम्बना छ भने सीसी क्यामरा खोज्ने समिति बनेको छ, तर महत्वपूर्ण मान्छे खोज्न समिति बनेको छैन । अब यो कसले खोजीदिने ?”

सरकारले एम. अधिकारीको खोजी गर्ने जिम्मा विद्यार्थीलाई दिएको उनले जनाए । प्रतिपक्षी दल एमाले आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामरा खोज्दै हिँडेको भन्दै उनले व्यंग गरे ।

‘यहाँ कस्तो विडम्बना छ भने सीसी क्यामरा खोज्ने समिति बनेको छ, तर महत्वपूर्ण मान्छे खोज्न समिति बनेको छैन । अब यो कसले खोजीदिने ?,’ उनले प्रश्न गरे ।

‘हाम्रो गाउँघरमा महत थरको मान्छे हरायो भने त्यो अरुको जिम्मा हुँदैन, महत थरकै मान्छेहरुले खोज्छन् । हरायो भने अपुताली खाने जिम्मा महतहरुकै हुन्छ,खोज्ने काम पनि उनीहरुकै हुन्छ । यहाँ एम अधिकारी हराएको हुँदा,सरकार र प्रतिपक्षले नखोजे पनि अधिकारीहरुले खोज्न पर्यो । अरु कसलाई भनु म,अब यो खोज्ने जिम्मा अधिकारी थर भएकालाई दिनुपर्यो,’ उनले भने ।

टिप्पणीहरू