रामेछापमा मात्रै ४५ जनाद्वारा आत्महत्या

रामेछापमा मात्रै ४५ जनाद्वारा आत्महत्या

पछिल्लो एक वर्षमा रामेछापमा ४५ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा एक बालिका, तीन बालक, २१ महिला र २० जना पुरुषसहित ४५ जनाले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार एक वर्षमा सबैभन्दा बढी उमाकुण्ड गाउँपालिकामा १२ र सबैभन्दा कम रामेछाप नगरपालिकामा दुई जनाले आत्महत्या गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले एक वर्षमा मन्थली नगरपालिका र लिखुतामाकोसी गाउँपालिकामा आठ/आठ जना, सुनापति गाउँपालिकाम छ, दोरम्बा सैलुङ गाउँपालिकामा पाँच जना र खाँडादेवी गाउँपालिकामा चार जनाले आत्महत्या गरेको बताउनुभयो ।

४५ जनामध्ये १४ जनाले विष सेवन गरेर र ३१ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रमुख थिङले जानकारी दिए । आत्महत्यामा नाबालकदेखि ६६ वर्ष उमेरकासम्म छन् ।

तीमध्ये घरायसी झगडाको कारण तीन, अन्धविश्वासमा एक, घरायसी तनावले एक, प्रेम सम्बन्ध असफल भएपछि एक र मादक पदार्थ सेवनबाट एक जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसअघिका आर्थिक वर्ष २०७७/०७८ मा ६५ जना र २०७६/०७७ मा ५० जनाले आत्महत्या गरेको देखिन्छ ।

टिप्पणीहरू