सरकारी स्कुलमा अब कक्षा ६ सम्मका विद्यार्थीलाई दिउँसोको खाजा अनिवार्य

सरकारी स्कुलमा अब कक्षा ६ सम्मका विद्यार्थीलाई दिउँसोको खाजा अनिवार्य

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ सम्मका विद्यार्थीलाई दिउँसोको खाजा उपलब्ध गराउन निर्देशन दिएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई स्कुलमै खाजा उपलब्ध गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

२०७९ जेठ १५ गते संघीय सरकारबाट जारी भएको आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भनिएको छ । सोहीअनुसार बजेट विनियोजन भएकाले कार्यान्वयनको व्यवस्था मिलाउन स्थानीय तहलाई केन्द्रको आग्रह छ ।

सरकारले यसअघि कक्षा पाँचसम्मलाई दिउँसोको खाजा उपलब्ध गराउँदै आएको थियो ।

टिप्पणीहरू