‘प्रेस’ लेखेका सवारी साधनलाई कडाइ गरिने

‘प्रेस’ लेखेका सवारी साधनलाई कडाइ गरिने

गैरपत्रकाले समेत प्रेस लेखेर मोटरसाइकल गुडाउने क्रम बढेपछि उक्त कार्यलाई निरुत्साहितको कोशिस थालिएको छ ।

नेपाल पत्रकार महासंघ, सप्तरीले जिल्ला प्रशासन कार्यालयसँग अनधिकृत रुपमा सवारीसाधनमा प्रेस लेखेर चलाउनेलाई नियन्त्रण गर्न आग्रह गरेको हो । प्रेस लेखिएका सवारीसाधन जोसुकैले प्रयोग गरिरहेको उल्लेख गर्दै महासंघले अनिवार्य चेकजाँच गरी सहयोग गरिदिन अनुरोध गरेको हो ।

नाम नसुनेका मिडियाहरुको परिचयपत्र बोकेर पत्रकार आचारसंहिता विपरित काम भइरहेको महासंघको ठहर छ । साथै, महासंघले मोटरसाइकल वा अन्य सवारी साधनमा प्रेस लेखेर नचलाउन पत्रकारबाहेक अन्य व्यक्तिसँग पनि आग्रह गरेको छ ।

टिप्पणीहरू