गभर्नरको विरोध गर्नेहरु बालुवाटारबाट माइतीघरतिर

गभर्नरको विरोध गर्नेहरु बालुवाटारबाट माइतीघरतिर

संयुक्त विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शन गरेका छन् ।

काँग्रेस समर्थित नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियूका विद्यार्थीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गर्दै गभर्नरको राजीनामा मागेका हुन् ।नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम. अधिकारी र गभर्नर अधिकारी एकै व्यक्ति भएको उनीहरुको दाबी छ ।प्रदर्शनकारीहरूले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्यचित्र प्रदर्शन गरेका हुन् । हिजो उनीहरुले बालुवाटार पुगेर गभर्नरको विरोधमा कालो तुल झुण्ड्याउने प्रयास गरेका थिए ।

टिप्पणीहरू