नाम नागरिकताको :कुरा भित्र राष्ट्रवादी,बाहिर राष्ट्रघातीको
आज दिउँसो नागरिकता विधेयक पारित गर्ने र खारेज गर्ने दुई वटा कार्यक्रम जुधेको छ । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक पारित गराउने मुडमा सरकार देखिएको छ । तर संसद बाहिर राष्ट्रघाती विधेयक भन्दै खारेजीको मागसहित विरोध सभाको आयोजना गरिँदैछ ।
आजको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता विधेयक २०७९ (पहिलो संशोधन) माथि पहिले छलफल, त्यसपछि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत र अन्तमा पारित गरियोस् भन्ने प्रस्ताव गर्नुहुने कार्यक्रम तय भएको छ ।
सोही समयमा संसद बाहिर छ वटा साना वामपन्थी दलहरुको संयुक्त भेलाले विधेयक खारेजीको माग गर्ने तयारी छ । ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्दै आयोजना गर्न लागिएको विरोध सभामा ने.क.पा. (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत),नेकपा (मसाल) केन्द्रीय समन्वय समिति,नेकपा, माओवादी कम्युनिष्ट पार्टी,नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू