भयंकर पारिवारिक वियोगदेखि भारतको राष्ट्रपतिसम्म

भयंकर पारिवारिक वियोगदेखि भारतको राष्ट्रपतिसम्म

भारतको नयाँ राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित हुनुभएको छ । उहाँ मुलुकको दोस्रो महिला तथा पहिलो आदिवासी मूलको राष्ट्रपति हुनुहुन्छ । सोमवार अपरान्ह आयोजना हुने शपथ ग्रहण समारोहपछि उहाँले वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको स्थान लिनुहुनेछ ।

दुई छोरा र एक छोरीकी ६५ वर्षीया आमाले सोमबार मुलुकको सर्वोच्च पदको शपथ लिँदा साथमा एकमात्र छोरीको उपस्थिति रहने छ । उहाँका दुई छोराको एक दशकअघि निधन भएको थियो । श्रीमानको पनि केही वर्षअघि निधन भैसकेको छ । सन् २००९ देखि २०१५ को ६ वर्ष बीचमा राष्ट्रपतिमा निर्वाचित मुर्मुले दुई छोरा,श्रीमान,आमा र एक भाइ गुमाउनुभएको थियो ।

श्रीमान श्यामचरण मुर्मुको हृदयाघातबाट निधन भएको थियो भने जेठा छोराको निधनको कारण अहिलेसम्म पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । उनी के कारणले मारिएका थिए भन्ने वास्तविकता खुलेको छैन । कान्छा छोरा जेठाको निधन भएको तीन वर्षपछि सडक दुर्घटनामा मारिएका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उहाँकी एक मात्र सन्तान छोरी इतिश्री अहिले उडिसास्थित एक बैंकमा कार्यरत छिन् । यसअघि उहाँ झारखण्डमा पहिलो महिला गभर्नर (राज्यपाल) बन्नुभएको थियो । भारत स्वतन्त्रतापछि जन्मिएकामध्ये मुर्मु पहिलो भारतीय राष्ट्रपति बन्नुभएको छ ।

भिडियो श्रोत: दैनिक भास्कर

टिप्पणीहरू