नेकपाका संस्थापक पुष्पलालको स्मृति दिवस विशेष तवरले मनाइने
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवसको अवसरमा विशेष समारोहको आयोजना हुने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले भोलि बिहान साढे ७ बजे कीर्तिपुर नगरपालिका–४, चम्पादेवीमा विशेष समारोहको आयोजना गर्दैछ ।
सहभागिताको निम्ति कार्यक्रमस्थलसम्म जान बिहान ७ बजे रत्नराज्य क्याम्पस,प्रदर्शनी मार्गबाट बसको व्यवस्था गरिएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा समारोह आयोजना गर्न लागिएको हो । उहाँ प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।
टिप्पणीहरू