राष्ट्रिय परीक्षा बोर्डले पनि कर्मचारी माग्यो

राष्ट्रिय परीक्षा बोर्डले पनि कर्मचारी माग्यो

राष्ट्रिय परीक्षा बोर्डले नयाँ कर्मचारी भर्नाको निम्ति दरखास्त आह्वान गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो ।

बोर्डले एक परीक्षा नियन्त्रक, चार उपसचिव,शाखा अधिकृत,लेखा अधिकृत,कम्प्युटर अधिकृत, प्रशासन सहायक,लेखा सहायक, कम्प्युटर सहायक माग गरेको हो ।

योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्कमा र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

२१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकाले दरखास्त दिन पाउनेछन् ।

टिप्पणीहरू