दुई जना राजदूत सिंहदरबारमा
हिजो दुई जना राजदूतले सिंहदरबार पुगेर दुई जना मन्त्रीसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्का र कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्र सिंह यादवसँग विदेशी राजदूतले भेटवार्ता गरेका हुन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री डा. खड्का र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएई) का राजदूत सइद अल नक्विबीच दिउँसो आधा घण्टा छलफल भएको बताइएको छ ।
त्यसैगरि कृषि तथा पशुपंछी विकास मन्त्रालयमा मन्त्री यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच दिउँसो आधा घण्टा भेटवार्ता भएको हो ।
टिप्पणीहरू