यता विदेशीलाई नागरिकता,उता स्वदेशी नै कताकता
प्रतिनिधि सभाको आजको बैठकमा नागरिकता विधेयक (पहिलो संशोधन) पारित गर्ने कार्ययोजना छ । गृहमन्त्रीले आजै फास्ट ट्र्याकबाट उक्त विधेयक पारित गराउन प्रयास गर्नुहुने बुझिएको छ ।
एमालेले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिनुपर्ने पुरानो अडान कायम राखेको छ । सत्तारुढ दलले भने अहिलेकै व्यवस्थालाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । तत्कालीन नेकपामा रहेका एमाले र माओवादी केन्द्रले उक्त सात वर्षे अवधीको अडान राखेका कारण विधेयक संसदको राज्य व्यवस्था समितिमा लामो समयसम्म अड्किएको थियो ।
तर वर्तमान सरकारले सोही विधेयक फिर्ता लिएर अहिलेझैँ विवाह गरी आउनेबित्तिक्कै नेपालको नागरिकता पाउने व्यवस्थालाई निरन्तरता दिन लागेको आरोप छ । विद्यमान ऐनबमोजिम विवाह गरेर आएका विदेशी बुहारीले भोलिपल्टै नागरिकता पाउने व्यवस्था कायम छ । भारतमा ७ बर्षे प्रावधान कायम छ भने इटाली जन्म घर भएकी सोनिया गान्धी हिन्दुस्तानको प्रधानमन्त्री बन्न नसक्नुको कारण पनि यही नै हो । नेपालमा भने खुकुलो प्रावधानका कारण इला शर्मा,करिमा बेगम,सरिता गिरी,सरला यादवहरु सरकार र संबैधानिक अङ्गमा पुगिसकेको स्थिति छ ।
आज सोही विधेयकको विरोध गर्दै साना वामपन्थी दलहरुले नयाँ बानेश्वरमा विरोध कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले उक्त विधेयकलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।
हाम्रो सन्दर्भमा सबैभन्दा धेरै विदेशी महिला विवाह गरेर आउने मुलुकमा छिमेकी भारत रहेको छ । भारतमा नेपाली महिलाले विवाह गरेर बुहारी बन्नेको संख्या थोरै छ । नेपालमा वर्षेनी दशौं हजार भारतीय महिलाले यता आएर नेपाली नागरिकता लिएको पाइन्छ । तर,उता नेपालमा विवाह गरेर भारतीय नागरिकता त्याग्नेको संख्या लगभग देखिँदैन ।
“सिंगापुरमा सन् २०१९ मा २२ सय ४२ जना, २०२० मा २२ सय ८९ जना र २०२१ मा २५ सया १६ जनाले भारतीय नागरिकता त्यागेका थिए । ती वर्ष क्रमशः ६१ हजार ६८३, ३० हजार ८२८ र ७८ हजार २८४ जना भारतीय नागरिकता छाडेर अमेरिकी बनेका हुन् ।”
नेपालको कानुुनले विदेशी महिलाले यता विवाह गरेर आएपछि नागरिकता प्राप्त गर्ने बेलामा सम्बन्धित मुलुकको नागरिकता त्याग्नुपर्ने व्यवस्था गरेको छ । तर, भारतको हकमा उक्त व्यवस्था प्रभावकारी नदेखिएको भारतीय सरकारी तथ्याङ्कले नै देखाएको छ ।
अर्कोतर्फ विदेशीसँग विवाह गरेपछि भारतीय नागरिकता त्यागेकाको संख्या अन्य मुलुकको हकमा स्वाभाविक देखिन्छ । उदाहरणको लागि सन् २०१९ मा अष्ट्रेलियाका नागरिकसँग विवाह गरेर भारतीय नागरिकता त्याग्नेको संख्या २१ हजार ३४०, सन् २०२० मा १३ हजार ५१८ र २०२१ मा २३ हजार ५३३ थियो ।
त्यसैगरी बेल्जियममा ती वर्षमा क्रमशः ६४०, ४५८ र ५३६ पाइएको छ भने क्यानाडामा २५ हजार ३८१, १७ हजार ९३ र २१ हजार ५९७ जना भारतीयले नागरिकता त्यागेको देखियो ।
नेपालको हकमा ती वर्षमा क्रमशः २६, १० र १० गरी कूल ४६ जनाले भारतीय नागरिकता त्यागेको तथ्यांक छ । जबकि ४६ जना कुनै समय नेपालको हकमा एकै दिन भारतीय महिलाले नेपाली बुहारी बनेका कारण नागरिकता पाएको देखिन्छ ।
विदेशीसँग विवाह गर्नेबित्तिक्कै धेरै संख्यामा भारतीय नागरिकता त्यागेका मुलुकमा इटाली,इजरायल, इण्डोनेसिया,केन्या,कुवेत,मलावी, मलेसिया,पोर्चुगल,कतार, आयरल्याण्ड छन् । वर्षेनी सयौं भारतीयले आफ्नो नागरिकता त्यागेर ती मुलुकको नागरिकता लिएको देखिन्छ ।
सिंगापुरमा सन् २०१९ मा २२ सय ४२ जना, २०२० मा २२ सय ८९ जना र २०२१ मा २५ सया १६ जनाले भारतीय नागरिकता त्यागेका थिए । ती वर्ष क्रमशः ६१ हजार ६८३, ३० हजार ८२८ र ७८ हजार २८४ जना भारतीय नागरिकता छाडेर अमेरिकी बनेका हुन् ।
यो अवधिमा नेपालबाट दशौं हजार भारतीय महिलाले नेपाली नागरिकता लिएको बताइन्छ । तर, भारतीय अभिलेखमा जम्मा ४६ जना मात्रै पाइनुलाई हामीले के भन्ने ?



टिप्पणीहरू