एम.अधिकारी फेला नपर्दै आज राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने
राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीका विषयमा उत्पन्न विवादका बीच आज मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बैंकले आज अपराह्न ४ बजे नीति सार्वजनिक गर्न लागेको हो ।
गभर्नर अधिकारीले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । मौद्रिक नीति सार्वजनिक भएपश्चात् भर्चुअल माध्यममार्फत साँझ ५ बजे पत्रकार सम्मेलन गरिने छ । बिहान बसेको सञ्चालक समिति बैठकबाट पास गरेर मौद्रिक नीति सार्वजनिक गर्ने तय भएको हो ।
हिजोमात्रै गभर्नर अधिकारीले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।
गभर्नर अधिकारीमाथि राजनीतिक आग्रहका आधारमा सरकारलाई असहयोग गरेको आरोप लागेको छ । पछिल्लो समय छद्म नाममा नेकपा एमालेको वित्त तथा योजना आयोगको सदस्य बसेको भन्दै सत्ता गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बर्खास्तीको माग गर्दै दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन् ।
टिप्पणीहरू