खुल्ला सिमाना नागरिकताको प्रमुख समस्या रहेको नेमकिपाको ठहर

खुल्ला सिमाना नागरिकताको प्रमुख समस्या रहेको नेमकिपाको ठहर

सरकारले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी गरेसँगै नेपाल मजदुर किसान पार्टीले चर्को आलोचना गरेको छ । नेमकिपाका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नहुने बताउनुभएको हो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले उक्त कुरा राख्नुभएको हो ।

नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने भन्दै सुवालले, ‘यो विषय सार्वभौमसँग सम्बन्धित भएकाले जनतासँगसमेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ ।’

जन्मको आधारमा दिइएको नागरिकता विदेशीले समेत पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने नेमकिपाको माग छ । नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने सुवालको तर्क छ । ‘खुल्ला सीमाना बन्द गरौं, नागरिकता समस्या समाधान हुन्छ,’ उहाँको भनाइ छ ।

आमा र बुबा दुवै वंशजको नेपाली नागरिक रहेका छोराछोरीलाई मात्र वंशजको आधारमा नेपाली नागरिकता दिनुपर्नेमा नेमकिपाले जोड दिएको हो ।

टिप्पणीहरू