‘भारतमा चुनाव हार्ने,नेपालमा नागरिकता उफार्ने ?’

‘भारतमा चुनाव हार्ने,नेपालमा नागरिकता उफार्ने ?’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले भारतमा चुनाव हारेपछि नेपालको सांसद हुन मिल्नेगरी नागरिकता वितरण गर्न नहुने धारणा राख्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भारतमा चुनाव हारेपछि यता आउने र नेपालको सांसद हुन नागरिकता लिने काममा रोक लगाउन सचेत गराउनुभएको हो ।

उहाँले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राख्न माग गर्नुभएको छ । सांसद पौडेलले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने प्रावधान हटाउनुपर्ने बताउनुभएको हो । अब पनि सात वर्षको प्रावधान नराखे राष्ट्रियतामा दूरगामी क्षति हुने उहाँको दाबी छ ।

‘अंगीकृत नागरिकता विवाहित महिलाको हकमा ७ वर्षको प्रावधानलाई कायम राखेरै जानुपर्छ,’ पौडेलले भन्नुभयो, ‘अन्यथा हामीले यो नागरिकता दिँदै गर्दा राष्ट्रियतासँग जोडिएको विषयमा गम्भिर हुन सकेनौं भने धेरै ठूलो क्षति भोग्नुपर्ने छ ।’

अंगीकृत नागरिकता सोझै प्रदान गर्नु विधिशास्त्र र कुनै पनि सिद्धान्तले नदिने सांसद पौडेलको भनाइ छ ।

टिप्पणीहरू