जसपाको एक हुल कोटेश्वर छिर्यो
जनता समाजवादी पार्टी (जसपा) बाट निकालिएका डा. बाबुराम भटराई पुरानै घर फर्किने तयारीमा रहेको चर्चाबीच सो पार्टीका दुई दर्जन नेता–कार्यकर्ता आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
केन्द्रीय सदस्य टेकबहादुर शाक्य, वीरेन्द्रप्रसाद यादवसहित २१ जना नेता–कार्यकर्ता जसपा छोडेर माओवादीमा मिसिएका हुन् । त्यस्तै, जसपाका पूर्वमधेश समितिका सदस्य सलाउदीन अहमद, कृष्ण मोहनप्रसाद यादव, राजवली यादव, अलि अब्बास मिया, महेश यादव, दिनेश यादवलगायत पनि माओवादीमा समाहित भएका छन् ।
पेरिसडाँडामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मात्रिका यादव, उर्मिला अर्याललगायत नेताहरु सहभागी थिए ।

टिप्पणीहरू