पूर्व राजा,रानी बुहारीसहित घर फिर्ता
पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल एक महिना लामो बैंकक बसाईपछि आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँ नेपाल वायुसेवा निगमको उडानबाट काठमाडौं आउनुभएको हो ।
उहाँहरुसँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि साँझ पौने ९ बजे काठमाडौं आइपुग्नुभएको छ । पूर्वराजपरिवारको टोली पाँच सदस्यीय रहेको बताइन्छ ।
शाह दम्पत्ति गत असार ३ गते त्यसतर्फ गएको थियो । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीका दुई छोरी बैंककमा अध्ययनरत छन् ।
नाती हृदयेन्द्र अमेरिकामा अध्ययनरत छन् भने छोरा पारस पोखरामा बसेर ‘मस्त’ को जीवन बिताइरहेका छन् ।
टिप्पणीहरू