बिहान सत्ता गठबन्धनको बैठक,राति नागरिकता विधेयक पारित

बिहान सत्ता गठबन्धनको बैठक,राति नागरिकता विधेयक पारित

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हिजो बिहान सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको छोटो तर विशेष खालको बैठक बस्यो । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने नागरिकता विधेयकलाई बहुमतले पारित गराउन कुनै कसर बाँकी नराख्न बिहान बैठक डाकिएको बालुवाटार स्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण,कानुनमन्त्री गोविन्द बन्दी,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति थियो ।

बिहान ९ बजेको हाराहारीमा नेताहरु बालुवाटार पुग्नुभएको थियो । बैठक हुँदै गर्दा पूर्व अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनलगायत पुग्नुभयो ।

हिजो दिउँसो गृहमन्त्री खाँणले संसदमा प्रस्तुत गर्नुभएको नागरिक विधेयक राति अबेर एक जनाले पनि हुन्न नभनी पारित भएको छ । विपक्षी एमालेले विवाह गरेर आउने विदेशी बुहारीको हकमा सात वर्षको अवधिपछि मात्रै नागरिकता दिनुपर्ने अडान राख्दै आएको थियो ।

तर दुई वर्षअघि एमाले अध्यक्ष केपी ओली सरकारले पेश गरेको नागरिकता विधेयकमा पनि अहिलेझैँ उक्त सात वर्षको व्यवस्था गरिएको थिएन ।

टिप्पणीहरू