भरतपुर अस्पतालमा बिरामीलाई टिकट निःशुल्क
चितवनको भरतपुर अस्पतालले आजदेखि सम्पूर्ण सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरेको छ । अस्पताल विकास समितिको निर्णयअनुसार आजबाट ओपिडी टिकट निःशुल्क गरिएको हो । स्वास्थ्य परीक्षण गर्न आउनेले अब टिकटवापत कुनै शुल्क तिर्नुपर्ने छैन ।
अस्पतालले अति गरिब, बेवारिसे, विपन्न तथा सीमान्त समुदायको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अति गरिब, बेवारिसे, विपन्न तथा सीमान्त समुदायलाई अस्पतालको आकस्मिक कक्षमासमेत टिकट र उपचार निःशुल्क भइरहेको जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्याउने उद्देश्यले यो निर्णय गरिएको अस्पतालले जनाएको छ ।
टिप्पणीहरू