१६ निर्माण कम्पनी कालोसूचीको एउटै घानमा

१६ निर्माण कम्पनी कालोसूचीको एउटै घानमा

तोकिएको समयमा काम पूरा नगरेका १६ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम नसकाएका निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (१०) बमोजिम एकदेखि तीन वर्षका लागि कालोसूचीमा राखिएको हो । यो अवधिभर ती कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद कार्यमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा परेकामा बिटी निर्माण सेवा, शिवराम कन्स्ट्रक्सन कम्पनी, अमन एण्ड इसा कन्स्ट्रक्सन, सिद्धगढी जेभी, सिद्धगढी इन्जिनियरिङ एण्ड बिल्डर्स, आकाश एण्ड पवन कन्स्ट्रक्सन, रुजन-जगदम्बा-भुवनेश्वरी एण्ड भैभव जेभी हुन् ।

त्यस्तै, ड्रप सप्लाई एण्ड सर्भिसेज, थोकर-निभा-लयुल जेभी, दिनेशचन्द्र अग्रवाल इन्फ्राकन, नागार्जुन कन्स्ट्रक्सन र कोशी तथा न्यौपाने निर्माण सेवा पनि कालोसूचीमा परेका छन् ।

टिप्पणीहरू