प्रचण्ड पनि अर्बौँ खर्च नगरी चुनाव जित्न नसकिने निचोडमा

प्रचण्ड पनि अर्बौँ खर्च नगरी चुनाव जित्न नसकिने निचोडमा

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव जित्न अर्बौँ रुपैयाँ खर्च गर्नुपर्ने अप्ठेरो अवस्था आएको बताउनु भएको छ ।

आज काठमाडौँमा कम्युनिष्ट पार्टीका संस्थापक सदस्य स्वर्गीय नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च भएको सुनेको बताउँदै संघ र प्रदेशको चुनाव जित्न अर्बौँ लाग्ने देखिएको कुरो गर्नुभएको हो ।

प्रचण्डले यस्तो चुनावले गणतन्त्रलाई नै खतरामा पार्ने र देश बर्बादीको दिशातर्फ जाने भन्दै गरिबले चुनाव जित्नु सपना जस्तै भएको उल्लेख गर्नुभयो । ‘अर्बौँ खर्च गरेर चुनाव जित्ने र नीति निर्माणको तहमा दलालहरू आउने खतरा बढ्यो,’ उहाँको भनाइ छ ।

यस्तै अवस्था कायम रहने हो भने देश भड्खालोमा जान बेर नलाग्नेतर्फ पनि उहाँले औँल्याउनु भएको छ ।

टिप्पणीहरू