श्रममन्त्रीको गलामा थामिनसक्नु खादा र माला
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई गृहजिल्ला अछाममा भव्य स्वागत गरिएको छ । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पुग्नु भएका कुँवरलाई चौरपाटी गाउँपालिकाको चौखुट्टे बजार मार्कु र साँफेबगर नगरपालिकाको साँफेबगरमा भव्य स्वागत तथा सम्मान गरिएको हो ।
गलाभरी माला र खादा लगाउनुभएका मन्त्री कुँवरले अछामलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि सर्वसाधारण जनता स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, रोजगार, विपद्लगायत समस्यामा रहेकाले यसबारे स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
देश विकासका लागि सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताउँदै उहाँले त्यसतर्फ तिन वटै तहका सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिनुभएको हो ।

टिप्पणीहरू