अब राहदानीबारे जानकारी मोबाइल एपबाट

अब राहदानीबारे जानकारी मोबाइल एपबाट

राहदानी विभागले मोबाइल एपबाट आफ्नो राहदानीको विवरण हेर्न सक्ने व्यवस्था मिलाएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले ‘नेपाल इ–पासपोर्ट’ मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

विभागकाअनुसार उक्त एपबाट राहदानीसम्बन्धी सम्पूर्ण विवरण हेर्न सकिनेछ । राहदानीका लागि पेश गरिएको आवेदन फाराम स्वीकृत भए÷नभएको र राहदानी प्रिन्टलगायतका जानकारीहरु सेवाग्राहीले आफ्नै मोबाइलबाट लिन सक्नेछन् ।विभागको यो एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध छ । एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र आइओएस प्रयोगकर्ताले एप्पल स्टोरबाट एप डाउनलोड गर्नुपर्नेछ ।

विभागमा सेवाग्राहीको अत्यधिक चाप बढेपछि मोबाइल सिस्टमलाई अघि सारिएको हो ।

टिप्पणीहरू