आगामी मार्गवारे एमाले,काँग्रेस र एकीकृत समाजवादीका अनेक दाउ

आगामी मार्गवारे एमाले,काँग्रेस र एकीकृत समाजवादीका अनेक दाउ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी एकताको पक्षमा आफू र आफ्नो दल नरहेको प्रष्ट पार्नुभएको छ । उहाँले प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश कमिटीको कार्यक्रममा बोल्दै नेकपा एमाले वामपन्थी एकता गर्ने प्रस्तावको पक्षमा नरहेको उल्लेख गर्नुभएको छ ।

आगामी निर्वाचनमा ठूला वामपन्थी दलबीच एकता,कार्यगत एकता र वाममोर्चा बनाएर अघि बढ्न सकिने धारणा सार्वजनिक हुँदै गर्दा पोखरेलको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

यता पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने धारणा राख्नुभएको छ । उहाँले संसद् भवनमा हिजो सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो ।

यसैबीच सत्तारुढ नेपाली काँग्रेसका सचेतक मीन विश्वकर्माले वामपन्थी घटकहरुले समाजवादी केन्द्र बनाएमा राम्रो हुने धारणा राख्नुभएको छ । उहाँले यस्तो केन्द्र गठनबाट गठबन्धनमा कुनै समस्या नआउने र गठबन्धन नभत्किने विश्वास गर्दै भन्नुभयो, ‘सत्तारुढ दलहरुसँग नेपाली काँग्रेको दूरी बढ्दैन र बढेको पनि छैन ।

सचेतक विश्वकर्माले पनि उक्त धारणा संसद भवनमा उपस्थित सञ्चारकर्मीहरुमाझ हिजै राख्नुभएको हो ।

टिप्पणीहरू