एडभान्स कलेजका दर्जनौं झ्यालका सिसा फुटाइयो
काठमाडौंको बल्खुमा रहेको एडभान्स इन्जिनियरिङ कलेजमा विद्यार्थीले तोडफोड गरेका छन् । क्यामपसमा अध्ययनरत बिई २०७५ मा भर्ना भएका विद्यार्थीको शुल्कमा अनियमितता गरिएको भन्दै उनीहरुले तोडफोड गरेका हुन् ।
चौथो वर्षमा अध्ययनरत विद्यार्थीको शुल्कमा चरम अनियमितता भएको विषयमा विद्यार्थीले आवाज उठाउँदा क्याम्पसले विद्यार्थीको चरित्रहत्या गर्दै गुण्डा परिचालन गरेको उनीहरुको आरोप छ । आन्दोलन असफल बनाउन कलेज प्रशासन सक्रिय रहेको आरोप लगाउँदै विद्यार्थीले क्याम्पस तोडफोड गरेको बताइएको छ ।
क्याम्पसले ‘इन्टरनल मार्क’ को नाममा विभिन्न धम्की दिइएको विद्यार्थीले आरोप लगाएका छन् । झण्डै अढाइ सय विद्यार्थीले कलेज भवनको धेरै वटा झ्यालका सिसा, कुर्सी, टेबललगायत फुटाउने र भाँच्ने काम भएको कालिमाटी प्रहरीवृत्तका डिएसपी अनिल घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार विद्यार्थीहरु निजी क्याम्पसमा प्रहरी प्रवेश बन्द गर भन्दै नाराबाजी गरिहेका छन् । दिउँसो १ बजेबाट विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भए पनि सहमति भइसकेको छैन ।
टिप्पणीहरू