भ्रमको राजनीति नगर्न एमालेलाई भक्तपुर काँग्रेसको चेतावनी

भ्रमको राजनीति नगर्न एमालेलाई भक्तपुर काँग्रेसको चेतावनी

नेपाली काँग्रेस सूर्य विनायक नगर समिति, भक्तपुरले आफ्ना कुनै पनि वडा इकाई सभापति र कार्यकर्ता अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ । हिजो केही सञ्चारमाध्यममा काँग्रेसका वडा इकाई सभापतिसहित सिङ्गो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार प्रकाशित भएकोप्रति उसले ध्यानाकर्षण भएको जनाउँदै उक्त चेतावनी दिएको हो ।

नगर सभापति निशान ढुङ्गेलले भ्रामक समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । उनले एमाले प्रवेश गरेका भनिएका राजेन्द्र त्वातीलाई पार्टीले साधारण सदस्यसमेत समेत नरहने गरी पहिल्यै कारबाही गरिसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

त्वातीले गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले पार्टीले तत्काल साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको स्पष्ट पारेको हो ।

पार्टीले कारबाही गरिसकेका जोकोहीलाई स्वतन्त्र बस्ने वा अन्य दलमा जाने छुट भएको जनाउँदै भ्रमको राजनीति नगर्न एमालेलाई चेतावनीसमेत दिएको छ ।

टिप्पणीहरू