सिन्धुपाल्चोकका पहिरो पीडितको हातमा लालपूर्जा

सिन्धुपाल्चोकका पहिरो पीडितको हातमा लालपूर्जा

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितले लालपूर्जा पाएका छन् । बाह्रबिसे नगरपालिकाद्वारा आयोजित लाजपुर्जा वितरण कार्यक्रममार्फत आज नगरपालिका–७ टंसारका १४ जना पहिरो पीडितले लालपुर्जा पाएका हुन् ।

आज पूर्णबहादुर देउजा, तीर्थबहादुर भण्डारी, दलबहादुर देउजा, रुकुना ठकुरी, भोजबहादुर देउजा, पूर्णबहादुर भण्डारी र गणेशबहादुर देउजाले लालपुजा पाएका हुन् । यस्तै, लक्ष्मी भण्डारी, हर्कबहादुर बिक, रामबहादुर कामी, बालकुमारी देउजा, टीकाबहादुर भण्डारी, नरबहादुर भण्डारी, सपना खत्री देउजाले पनि लाजपूर्जा पाएका छन् ।२०७७ भदौमा भीषण पहिरोले टंसारका ५७ घर परिवार पहिरोबाट विस्थापित भएका थिए । तीमध्ये आज १४ परिवारलाई डाँडागाउँको सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा वितरण गरिएको जानकारी दिइएको छ ।

नगरपालिकामा ९ वटा वडाका ५१ बस्तीका एक हजार ७४७ घरधुरीका आठ हजार ५० जना स्थानीय पहिरो पीडित छन् ।

टिप्पणीहरू