‘घुस्याहा’ वकिलले जवाफ बुझाए
संगठित ठगी मुद्दामा कारागारमा रहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन करोडौं रुपैयाँको घुस डिल गरेका अधिवक्ता रुद्रप्रसाद पोख्ररेलले स्पष्टिकरण पेश गरेका छन् ।
कोइरालाले नेपाल कानुनव्यवसायी परिषद्मा लिखित जवाफ पेश गरेका हुन् । उनले गत शुक्रबार जवाफ पेश गरेको परिषद्का वरिष्ठ शाखा अधिकृत विदुर सापकोटाले बताए ।
‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएपछि उनी सम्पर्कविहीन बनेका थिए । परिषद्ले एक साताभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएपछि पोखरेल सम्पर्कमा आएका हुन् । तरउ उनले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।
उनले बुझाएको स्पष्टिकरणमा न्यायाधीश राजकुमार कोइरालासँग बोलेको आवाज आफ्नो नभएको दाबी गरेका छन् । अधिकृत सापकोटाकाअनुसार उनले अडियोमा भएको भ्वाइस आफ्नोजस्तै भएको तर आफ्नो नभएको भन्दै नकारेका हुन् । परिषद्ले गत साउन ३ गते सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र जवाफ पेश गर्न भनेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग उनले गरेको फोन वार्तामा जेलमा रहेका तामाङलाई छुटाउन प्रधानन्यायाधीशसम्म सेटिङ मिलाएको र आफूहरूलाई दुई करोड भागमा पर्ने भन्दै डिल गरेको अडियो बाहिर आएको थियो ।
टिप्पणीहरू