आज मध्यान्ह राष्ट्रसंघीय कार्यालय अगाडि धर्ना
म्यान्मारको सेनाले चार जना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको विरोधमा काठमाडौंस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा धर्ना दिने भएको छ । मानवअधिकार संगठन नेपालका अध्यक्ष महामुनीश्वर आचार्यको टोलीले ललितपुरको पुल्चोकस्थित युएन भवन अघिल्तिर धर्ना कार्यक्रम राखेका हुन् ।
कार्यक्रम बिहान पौने १२ बजे आयोजना हुने बताइएको छ । म्यान्मारको सैनिक सरकारले चारजना प्रजातन्त्रवादी नेता एवं अभियन्ताहरु पूर्वसांसद फ्यो जेयात, लेखक को जिम्मी, विद्यार्थी ह्ला म्यो आङ र आङ थुरा जअलाई मृत्युदण्ड दिएको छ ।
टिप्पणीहरू