एक वर्षअघि विवाह गरेका जोडी घरभित्रै मृत अवस्थामा

एक वर्षअघि विवाह गरेका जोडी घरभित्रै मृत अवस्थामा

बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा २२ वर्षीय कृष्ण गडरिया र उनकी २० वर्षीया श्रीमती अञ्जली गडरिया मृत अवस्थामा फेला परेका छन् । उक्त घटनाबारे छिमेकीले आज बिहान मात्र थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार उनीहरू घरको भुईं तलामा बस्दै आएका थिए । अञ्जलि र कृष्णको शव कोठाभन्दा बाहिर भेटिएकाले हत्याको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृतकको शरीरमा चोट देखिएको छ । चोटका कारण पनि हत्याको आशंका गरिएको हो । कृष्ण र अञ्जलीको एक वर्षअघि मात्रै विवाह भएको थियो ।

टिप्पणीहरू