माओवादी अध्यक्ष प्रचण्डसँग भेट्न जसपा मन्त्रीहरूको हुल

माओवादी अध्यक्ष प्रचण्डसँग भेट्न जसपा मन्त्रीहरूको हुल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास, खुमलटारमा आज बिहान सबेरै दुई जना मन्त्री झण्डा हल्लाउँदै गए । अरु दिन आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको ओइरो लाग्ने खुमलटारमा आज सत्तारुढ गठबन्धनभित्रको अर्कै दलका मन्त्री उहाँलाई भेट्न पुगेका हुन् ।

अध्यक्ष दाहालसँग अन्तरङ्ग वार्ता गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइन र वन तथा वातावरणमन्त्री प्रदीप यादव त्यहाँ गएका हुन् । उनीहरु बिहान सवा ७ बजेको समयमा खुमलटार छिरेको प्रचण्डका निजी सचिव रमेश मल्लले बताए ।

चिया खाँदै तीन जना बीच भएको छलफल झण्डै साढे ८ बजेसम्म लम्बिएको थियो । जसपाभित्र देखिएको पछिल्लो किचलो र विग्रहको पूर्वार्धमा उक्त पार्टीका नेता तथा मन्त्रीहरुले प्रचण्डसँग गरेको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू