आज पनि नदीको बहाव बढ्ने पूर्वानुमान
निरन्तरको वर्षाको कारण पनि आज देशका केही नदीमा पानीको बहाव उल्लेख्य मात्रामा बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज चतरास्थित सप्तकोसी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्ने छ ।
त्यसैगरी झापा, मोरङ, सुनसरी, सप्तरी, दैलेख, अछाम र आसपासका क्षेत्रमा बग्ने नदीमा पनि बहाब बढ्ने पूर्वानुमान गरिएको छ । केही साना नदीमा आकस्मिक बहाव समेत हुन सक्ने भएकाले सचेतना अपनाउन भनिएको छ ।

टिप्पणीहरू