निर्वाचन आयोगले हिसाब सुनायो : गत निर्वाचनको खर्च पाँच अर्ब बढी

निर्वाचन आयोगले हिसाब सुनायो : गत निर्वाचनको खर्च पाँच अर्ब बढी

निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको हिसाब दिएको छ । आज निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्दै आयोगले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको खर्चबारे विस्तृत जानकारी गराएको हो ।

आयोगले खर्च नभएको तीन अर्ब छ करोड ९६ हजार लाख एक सय २४ रुपैयाँ खर्चका लागि सरकारले उपलब्ध गराएको रकमबाट बचत भएको जानकारी दिएको छ ।

सरकारले स्थानीय तहको निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ बजेट छट्याएको थियो । निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो निर्वाचनमा प्रतिमतदाता खर्च चार सय ९३ रुपैयाँ परेको जानकारी दिए ।

टिप्पणीहरू