काठमाडाैंकाे फोहोर उठाउने साइत जुर्यो

काठमाडाैंकाे फोहोर उठाउने साइत जुर्यो

काठमाडौं महानगरपालिकाले भोलि बिहान ६ बजेदेखि फोहोर उठाउने भएको छ । महानगरले भोलिदेखि फोहोर संकलन गर्ने जानकारी दिएको हो ।

‘बिहीबार बिहान ६ बजेदेखि तपाईंहरुको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीको लागि आउने सवारी साधनसम्म पुर्याई सुरक्षित रुपमा घरभित्र राखिएको फोहोर संकलन गर्ने कार्यमा सहयोग पुर्याइदिनुहुन अनुरोध छ,’ आज प्रकाशित सूचनामा भनिएको छ ।

सिसडोल जाने बाटो निर्माण गर्ने भन्दै महानगरले गत बुधबारदेखि घरमै फोहोर व्यवस्थापन गर्न आग्रह गरेको थियो ।

सूचनामा भनिएको छ, ‘आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्था गरी सडक, चोक, गल्ली फोहोर हुनबाट रोकेर सफा, स्वच्छ महानगर बनाउने कार्यमा अतलुनीय योगदान गर्नुभएकोमा महानगरवासीलाई हार्दिक धन्यवाद ।’

टिप्पणीहरू