डाक्टरी पढ्न चाहनेलाई पाकिस्तानको छात्रवृत्ति

डाक्टरी पढ्न चाहनेलाई पाकिस्तानको छात्रवृत्ति

चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न पाकिस्तान जान चाहने इच्छुक उम्मेद्वारसँग आवेदन माग गरेको छ ।

शैक्षिक सत्र २०२२–२३ का लागि पाकिस्तान टेक्निकल असिस्टेण्ट प्रोग्रामअन्तर्गत स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन माग गरिएको हो ।

पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको हो । एमबिबिएसमा खुल्लातर्फ ६, महिला एक, आदिवासी जनजाति एक, खस आर्य एक र मधेशी एक गरि १० सिट प्राप्त भएको छ ।

बिडिएसमा एक र डि फार्मेसीमा चार खुल्ला, एक महिला, एक आदिवासी, एक खस आर्य र एक मधेशी गरी ८ सिट संख्या तोकिएको छ ।

इच्छुक विद्यार्थीले साउन १६ गतेभित्र अनलाइन आवेदन पेश गर्न सक्ने आयोगले जनाएको छ ।

टिप्पणीहरू