रोशनी शाही बलात्कारी भन्दै कराएपछि श्रीमानको जिम्मा

रोशनी शाही बलात्कारी भन्दै कराएपछि श्रीमानको जिम्मा

बलात्कार आरोपी सिद्धबाबा कृष्ण गिरीलाई ‘बलात्कारी’ भनेपछि पशुपति क्षेत्रबाट समातिएकी जाजरकोटे रोशनी शाहीलाई प्रहरीले घर पठाएको छ ।

हिजो दिउँसो पशुपतिनाथ मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा पुगेकी उनले गिरीलाई ‘यी बलात्कारी हुन्’ भन्दै होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त गौशाला पुर्याएको थियो । सामान्य सोधपुछपछि उनका श्रीमान चित्रजंग शाहीको जिम्मा लगाएर हिजै छोडिएको प्रहरीले जनाएको छ ।

“हिजो दिउँसो पशुपतिनाथ मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा पुगेकी उनले गिरीलाई ‘यी बलात्कारी हुन्’ भन्दै होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त गौशाला पुर्याएको थियो ।”

महायज्ञका प्रमुखवाचक गिरीविरुद्ध २०७६ कात्तिकमा एक जना महिला भक्तजनले बलात्कार आरोप लगाएकी थिइन् । हाल उनको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन छ । उनकै आयोजनामा एक सातादेखि पशुपतिमा महायज्ञ चलिरहेको छ ।

संसद सचिवालयमा काम गर्ने शाही तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी थिइन् ।

टिप्पणीहरू