झापाको जंगलमा व्यवसायीको शव
झापाको चारआली जंगलमा एक जना व्यवासायीको शव फेला परेको छ । ताप्लेजुङ घर भई झापाको शान्तिनगरमा व्यवसाय सञ्चालन गर्दै आएका मनकुमार पौडेलको शव गए राति फेला परेको हो ।
पौडेलेको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो बिहान पसलको सामान लिन बिर्तामोड गएका भनिएका पौडेल दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका हुन् । उनको साथमा रहेको पैसा, र सुनको सिक्री पनि हराएको बताइएको छ । परिवारले पौडेलको हत्या भएको आशंका गर्दै छानबिनको माग गरेको हो ।
टिप्पणीहरू